काठमाण्डौ २८ जेठ – नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको बैठक ईच्छुक सांस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा जारी छ ।
तीन दिनदेखि जारी बैठक शनिवारमा पार्टी महासचिव मोहन बैद्य किरणले पेश गरेको राजनैतिक प्रतिबेदनमा ७५ जनाले आफ्नो मत राखेका छन् ।
महासचिव बैद्यद्वारा पेश गरिएको राजनैतिक प्रतिबेदनमा बिभिन्न सीमाहरुकै बीचमा स्थानीय निर्वाचन बहिष्कार आन्दोलनले पार्टीको क्रान्तिकारी छवि जोगाएको भन्ने सार रहेको छ –बैठकमा सहभागी एक नेताले भने – महाधिबेशन यसै बर्ष गर्ने र त्यसलाई एकता महाधिबेशन बनाउन प्रयत्न गर्ने गरी आएको छ । त्यस्तै बैठकमा महासचिव बैद्यले पार्टीको राजनैतिक कार्यदिशा, पार्टी एकता ,आठौ महाधिबेशन , आउदों निर्वाचन समेत गरेर १६ वटा प्रस्ताव पेश गरेको जनाइएको छ ।
१० बर्ष पार्टी काम र आन्दोलनको समिक्षा गर्ने गरी दस्तावेज आएको अर्का नेताले जानकारी दिए ।
पार्टी एकताका लागि समेत बैद्यले केही लचकता देखाएको बताइएको छ । माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओबिचार,नयाँ जनवाद तथा बैज्ञानिक समाजवाद, क्रान्तिमा बल प्रयोगको भुमिका,जनवादी केन्द्रीयता लगायतका मान्यताप्रति सहमत रहिआएका क्रान्तिकारी कम्युनिस्ट पार्टी÷समुह÷शक्ति÷ब्यक्तिहरु सित पार्टी एकताका लागि आवश्यक पहल गर्ने र वार्ता समिति बनाई अगाडि बढ्ने काममा बिशेष जोड दिनुपर्दछ । – दस्तावेजको सार रहेको जनाइएको छ ।
बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले संसद बाहिर रहेका सत्ता बिरोधी शक्तिहरु नेकपा( बहुमत) विप्लव नेकपा, ऋषि कट्टेलका नेकपा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतलाई मित्र शक्ति मान्दै आएको छ ।
आइतवार बाँकी रहेका केन्द्रीय सदस्यहरुले राजनैतिक प्रतिबेदन माथि विचार राख्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

