कांग्रेस नेता रामचन्द्र पाैडेल पक्राउ

 

तनहुँ / १७ मंसिर

तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नुभएका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो । प्रहरीले सुरक्षाका लागि उहाँलाई प्रहरी कार्यालय लगेको बताएको छ । नेता पौडेलले आफूलाई प्रहरीले हिरासतमा राखेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

पुल उद्घाटनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार मध्याह्न १२ बजेदेखि बेलुका ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो । एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनको सूचनामा उल्लेख छ ।

कार्यक्रम रोक्न माग गर्दै युवा सङ्घले दमौलीमा मोटरसाइकल र्‍या​लीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घ अध्यक्ष बस्याल, नेकपा व्यास नगरपालिका–१ का अध्यक्ष ज्ञानेन्द्र बसौलालगायत छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot