Rashtriya Dainik

सरावलका नवनिर्वाचित जनप्रतिनिधि र सचिवहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २८ जेठ

स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाका जनप्रतिनिधिहरुलाई दुई दिने अभिमुखीकरण दिइएको छ ।

सरावल गाउँपालिकाकाे अायाेजनामा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष , वडा अध्यक्ष , कार्यपालिका र वडा सदस्य तथा तगा वडा सचिवहरुलाई रुपन्देहीको याेगिकुटीमा तालिम दिइएको हाे।

तालिममा पालिकाका काम, कर्तव्य र अधिकार न्यायिक समिति र प्रहरीकाे भुमिका ,प्रहरी र स्थानीय जनप्रतिनिधि ,नागरिकता तथा अन्य सिफारिस बनाउदा ध्यान दिनुपर्ने कुरा , स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास तथा व्यवहारिक समस्या र समाधानका विषयमा दुई दिने तालिम दिइएको हाे।

कार्यक्रमकाे सहजिकरण नवलपरासी प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेख्रेल , जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे एसपि ऋषिराम कण्डेल तथा अधिवक्ता मित्रलाल लामिछानेले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित