राष्ट्रिय दैनिक / नवलपरासी , २८ जेठ
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाले आगामी वर्ष २०७९/२०८० का लागि नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलनकाे गरेको छ।
कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, सहकारी, बाटाेघाटाे, गण्डक क्षेत्र, भन्सार नाका, डुबान, कटान, बाढी र लागू पदार्थ दुर्व्यसन लगायतका समस्या र सुझाव दिइएका थियाे ।
गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले कार्यक्रमलाई विषय प्रवेश गराएपछि खुला सत्रमा सहभागीले विभिन्न सवाल समेत उठाएका थिए ।
कार्यक्रममा विद्यालय शिक्षामा व्यापक सुधार ल्याउनुपर्नेमा जाेड दिईएकाे थियाे । कृषि क्षेत्रका लागि मलखाद, उन्नत बीउ, किटनाशक, कृषि विज्ञ लगायत अति आवश्यक वस्तु तथा सेवाकाे पर्याप्त उपलब्धता मिलाउनमा पालिकाकाे ध्यानाकर्षण गराईएकाे थियाे ।
भित्रिसकेकाे मानसुन र वर्षायाममा बाढीपहिराेबाट हुन सक्ने सम्भावित नाेक्सानीलाई न्युनीकरण गर्नु चुनाैतीपुर्ण रहेकाे छ । भारतले सीमा नजिकै बनाएकाे समानान्तर सडकले नेपाली भुमिमा डुबान बढने जाेखिम रहेकाे छ । यसका लागि दीर्घकालिन याेजना बनाई काम गर्नुपर्ने सुझाव दिईएकाे थियाे ।

अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीकाे अध्यक्षता एवम अध्यक्ष उमेश चन्द्र यादवकाे प्रमुख आतिथ्यतामा सञ्चालन गरिएकाे थियाे ।
कार्यक्रममा स्थानीय क्षेत्रमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

