Rashtriya Dainik

नुवाकोटकाे एक व्यक्तिको पागलपन- विद्युत हाइटेन्सन लाइनको तारमा बिहानै देखि सवार

नुवाकोट / २८ जेठ

बिहान १० बजेदेखि नुवाकोटमा विद्युतको पोलमा एक जना झुन्डिएका छन् । ककनी गाउँपालिका ७ मा रहेको पोल चढेर उनी अहिले तारमा झुण्डिरहेका छन् ।

प्रहरीका अनुसार उनी बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हुन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

‘हामीलाई २ घण्टा अगाडि स्थानियले फोन गरेर जानाकारी दिनुभएको हो । त्यहाँ पुग्दा बिहान १० बजे देखीनै उहाँ त्यहाँ हुनुहुँदो रहेछ । उहाँ मानसिक रुपमा असन्तुलित हुनुहुन्छ भन्ने बुझिएको छ । हामीले ललाईफकाई गरेर तल झार्न खोज्छौँ उहाँ यसो तल झर्नु हुन्छ अनि फेरी माथि चड्नु हुन्छ । हामी उहाँलाई फकाएर तल झार्ने प्रयास गर्दै छौँ’, नुवाकोट प्रहरी स्रोतले नेपालप्रेसलाई जानाकारी गरायो ।

स्थानीय र प्रहरीले उनलाई विद्युत् पोलबाट तल झर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन् । स्थानीय हरि गुरुवाचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत फोटो र भिडिओ सार्वजनिक गरेका छन् ।

सार्वजनिक भिडिओमा गुरुवाचार्यले त्यसअघि पनि अर्को पाेलमा चढेर साे पाेलमा रहेकाे साेलार निकालेर फालिदिएका थिए । साे बारे प्रहरीलाई जानकारी दिँदा मानसिक सन्तलन गुमाएकाे व्यक्तिलाई केही गर्न नसकिने भन्दै प्रहरी पन्छिएकाे बताएका छन् ।

दाेस्रो पटक उनी अहिले चढेको पाेलबाटमाथि चढेर हाइटेन्सन लाइनकाे तारमा झुन्डिँदै अगाडि बढीरहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित