Rashtriya Dainik

नवलपरासीको प्रतापपुर गाउँपालिकाले गर्यो पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ जेठ
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कार्यालयले पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक गरेको छ।

प्रतापपुर गाउँपालिको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षयतामा,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यतामा र प्रतापपुर गाउँपालिकाकि उपाध्यक्ष मान कुमारी चौधरीको विशेष अतिथ्यतामा एक कार्यक्रम गरि पालिकाको पञ्चवर्षिय शिक्षा योजना सार्वजनिक गरेको हो।

“हाम्रो इच्छा,प्रतापपुरमा प्राविधियुक्त बहुआयामिक शिक्षा”भन्ने मुल नारा सहित पालिकाले २०७९/०८० देखि २०८३/०८४ सम्मको पञ्चवर्षिय शिक्षा योजना बनाई सार्बजनिक गरेको छ।प्रतापपुर गाउँपालिकाले नवनिर्वाचित पालिका अध्यक्ष उमेश चन्द्र यादव पाएपछि यतिखेर प्रतापपुरको शिक्षा क्षेत्रमा एक किसिमको तरङ्ग पैदा भएको छ । पालिका अध्यक्ष यादवले शिक्षालाई आफ्नो कार्यकालको मुल उद्देश्य राखेर अघि बढेको र प्रतापपुरमा हेर्ने लाएकको शिक्षा र अन्भुत गर्न सकिनेको साथै प्राबिधियुक्त बहुआयामिक शिक्षाको बिकास लाग्ने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं पालिका अध्यक्षले पालिकाको पञ्चवर्षिय शिक्षा योजनाको पुस्तक बिमोचन गर्दै गाउँपालिका भित्रका शैक्षिक मुद्दा तथा चुनौतीहरुलाई प्राथमिकताको आधारमा समाधान गर्नका निमित्त साथै गुणस्तरीय शिक्षा प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न प्रदेश तथा आफ्नो गाउँपालिकाका सम्बद्ध जनप्रतिनिधि,बिधालयहरु,प्राबिधिक तथा सिपमुलक शिक्षण दिने संस्थाहरु,बिधालय व्यवस्थापन समिति,शिक्षक र अन्य सम्बद्ध शैक्षिक संस्थाहरुको अहम् भूमिकाको अपेक्षा गरेको उनले बताए।

पालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रमा गरिने सम्पुर्ण क्रियाकलापहरु योजनाको आधारमा व्यवस्थित गरिने,५ बर्ष भित्र गाउँपालिका भित्रको शैक्षिक अवस्थालाई सुधार गर्दै शिक्षा प्राप्त गर्न पाउने हरेक बालबालिकाको अधिकारलाई साकार पार्न शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकता दिदै अनुगमन र सक्षम व्यवस्थापनद्वारा आफ्नो कार्यकालमा लक्ष्य र उद्देश्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

सो पञ्चवर्षिय शिक्षा योजना बिद्द्मान सरकारी निति,प्रतापपुर गाउँपालिकाको शिक्षा ऎन २०७७,बिधालयद्वारा भरेर पठाइएका तथ्यांक विवरणहरु,फ्ल्यास रिपोर्ट,प्रतापपुर गाउँपालिकाको शिक्षाको स्थिति प्रतिबेदन २०७८,शिक्षा विकास तथा समन्वय इकाई द्वारा प्रकाशन गरिएको शैक्षिक बुलेटिन २०७७ र अन्य योजना तथा प्रतिबेदन आधारपत्रहरुमा राखिएको द्दितिय श्रोत एवं,बिधालयका प्रधानाध्यापक,बिधालय व्यवस्थापन समिति अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,अभिभावक र अन्य शैक्षिक सरोकारवालाहरु संग लिइएका लिखित सुझाव,स्थलगत गरिएको छलफल एवं तथ्यांकलाई प्राथमिक श्रोतको रूपमा लिइ योजना तयार गरिएको शिक्षा शाखा प्रमुख यादव चन्द्र बिष्टले बताएका छन् भने पालिकाको पञ्चवर्षिय शिक्षा योजना बनाउनका लागि प्राबिधिक सहयोग केयर नेपाल र बेस नेपाल नवलपरासीले गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित