कपिलवस्तु , १७ मंसिर कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा बेवारिसे अवस्थामा अन्दाजी २२ वर्षिय महिला एक महिलाको शब फेला परेको छ । रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ । मंगलवार साँझ ६ बजेतिर शब भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो । शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कृष्णनगरमा फेरी जघन्य घटना घटेको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।