उत्तमकुमार थापा बझाङ
व्याक्तिगत घटना दर्ताकाे महत्व र अनिर्णयता सम्वन्धि वडा स्तरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाकाे जयपृथ्वी नगरपालिकाले व्याक्तिगत घटना दर्ताकाे महत्त्व विषयमा नगर भित्रका विभिन्न वडाहरुमा अभिमुखिकरण गाेष्टीहरु सञ्चालन गरेकाे हाे । आज वडा नम्बर २ मा रहेकाे वडा कार्यालयमा घटना दर्ता सम्वन्धि विभिन्न कार्यक्रमहरु गरेको थियाे ।
नगरपालिकाकाे सामाजिक सुरक्षा पञ्जिकरण शाखा चैनपुर काे आयाेजनामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर २ का सबै जनसमुदायहरु विद्यार्थी शिक्षक सामाजिक सुरक्षा भत्ता बुझ्ने लगाएतकाे उपस्थिति रहेकाे थियाे । वडा कार्यालयकाे सभाहलमा सुरु भएको कार्यक्रममा वडा अध्यक्ष कलक खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा पञ्जिकरण शाखा प्रमुख नवीन खड्का सुचना अधिकारी सुमन बाेगटी लगाएतका उपस्थिति रहेका थिए ।
पञ्जिकरण सम्वन्धि सुचना अधिकारी सुमन बाेगटीले सहजिकरण गर्दै जन्मदर्ता मृत्युु दर्ता लगाएत यसकाे ऐन कानुन सम्वन्धि जानकारी गराउनु भएको थियाे । उहाले भन्नू भयाे पहिले हामीले बुझेका थिएनौं केन्द्र बाटै घटना दर्ता हुने गर्थ्याे अहिले स्थानीय सरकार सञ्चालन भए सँगै पालीका हुँदै स्थान टाेलटाेलमा पुगेकाे र अहिले घटना दर्तामा सहजता हुँदै राम्रो भएको बताए । बाेगटीले भन्नू भयाे हामीले जानि जानी विगार्नु हुदैन सबैले घटना दर्ताहरु गर्न अनुराेध गर्नु भएको थियाे । सरकारले घटनाहरु दर्ता गर्नकाे लागि सचेतना जगाउन विभिन्न दिवस बनाउदै सबैको ध्यानाकर्षण गराउदै आएकाे वडा अध्यक्ष खड्काले बताए । उनले भने हाम्रो वडाका सबै दाजुभाइ दिदीबहिनीहरुले सचेत नागरिक हुदै समयमै जन्म मृत्युु जस्ता घटनाहरुलाई ३५ दिन भित्र तुरुन्तै वडा कार्यालयमा आएर दर्ता गराउन अनुराेध गर्नु भएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

