श्याम गुप्ता
बारा, २६ जेठ ।
आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ । उनी पार्टीबाट निर्वाचित भएका व्यक्ति हुँन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

