हुमाकान्त पोखरेल
गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो ।
पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयाे ।
पोख्रेल पेशाले पत्रकार थिए। उनी नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेज र प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् ।
भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर आएका थिए ।
© Janata Samachar.
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

