राष्ट्रिय दैनिक / नवलपरासी , २४ जेठ
नवलपरासी पश्चिमकाे जिल्ला अदालत परिसरमा गोली चलाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नम्बर ४ मङ्गलापुरका २८ वर्षीय हंशराज यादव रहेका छन् ।
यादवलाई मङ्गलवार दिउँसो २ बजे सुनवल नगरपालिका वडा नम्बर ९ बनकट्टीस्थित एक जना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जनाएको छ ।
उनका अनुसार यादवको साथबाट ७।६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउन्ड गोली पनि बरामद गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

