Rashtriya Dainik

जिल्ला सहकारी संघ नवलपरासीद्धारा धन्यवाद ज्ञापनपत्र

महेश यादव / नवलपरासी , २४ जेठ

नवलपरासी पश्चिम जिल्लाका सातवटै पालिकाका नवनिर्वाचित पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद ज्ञापनपत्र जिल्ला सहकारी संघ नवलपरासीले साेमवार प्रदान गरेको छ ।संघका जिल्ला अध्यक्ष विष्णु पौडेलको नेतृत्वमा स्थानिय तहको दोस्रो निर्वाचनमा निर्वाचीत हुनुभएका सातवटै पालिका प्रमुख तथा उप प्रमुखहरुलाई लिखित धन्यवाद ज्ञापनपत्र प्रदान गरेको हाे ।

धन्यवाद ज्ञापनपत्र बुझाउदै संघका उपाध्यक्ष वृहस्पति अधिकारी,सचिव चण्डी पौडेल ,कोषाध्यक्ष हेदर अलीमुमिन लगाएतको टोलीले जिल्ला सहकारी संघले निर्माण गर्दै गरेको कोल्डस्टोरकाे वारेमा समेत पालिका प्रमुख तथा उपप्रमुखहरुलाई ज्ञापनपत्र मार्फत साेमवार ध्यानाकर्षण समेत गराएको थियो ।

साथै सुनवलमा निमार्णधिन रहेको २५ करोड लागत बराबरको कोल्डस्टोरको ९५ प्रतिशत कामहरु सकिएको जानकारी गराउदै ठेक्का प्रक्रियाद्धारा निमार्ण भईरहेकाे कोल्डस्टोरमा संघीय सरकारको ६० प्रतिशत स्थानिय तथा प्रदेश सरकारको २० प्रतिशत र जिल्लाका सहकारीहरुवाट २० प्रतिशत गरि संयुक्त लगानीमा सम्पन्न गर्नेगरि निर्माण कार्य सुरु गरेकाे संघका अध्यक्ष पौडेलले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित