राष्ट्रिय दैनिक / नवलपरासी , २४ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्न वातावरण सृजना गर्ने बताउनु भएको छ।
नवनिर्वाचित अध्यक्ष चाैधरीले पालिका भित्रका जेष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र औषधी उपलब्ध गराउने उनको भनाई छ।
सरावल गाउँपालिकालाई काेभिड १९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्मको बालबालिकाहरुकाे पुर्ण खाेप सुनिश्चितता घोषणा कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था,पुर्व जनप्रतिनिधि, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गर्दै खोपको दिगोपनको लागि पालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए ।
उहाँले निःशुल्क औषधोपचार, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको, सेवाबाट वञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउँदै पुर्ण खोपलाई दिगो बनाउन गाउँपालिका सदैव लागि पर्ने साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत गर्नुभएकाे थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

