Rashtriya Dainik

विश्व वातावरण दिवसकाे अवसरमा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता सम्पन्न

राष्ट्रिय दैनिक /बझाङ ,२३ जेठ
विश्व वातावरण दिवसकाे अवसरमा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रम UMN बझाङ र दलित सहयोग समाजको आर्थिक सहयोगमा संचालित भएकाे हो । वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाद्वारा मात्र एक पृथ्वी भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस मनाईएकाे छ। बुङलको सरस्वती मा. वि. बिजगडा बुङ्गलको आयोजनमा विद्यालय स्तरीय बक्तृतोकला प्रतियोगिता आज सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कार्कीले गर्नु भएको थियो भने प्रमुख अतिथि बुङ्गल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश कार्की रहनु भएको थियो । सोही कार्यक्रममा दलित सहयोग समाजका उपा अध्यक्ष श्री मोहनलाल वि. क.ले संस्थाको प्रतिनिधित्व हुने गरी विशिष्ट अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा जम्मा ५ वटा विद्यालयका छात्र, छात्रा गरी १० ले प्रतियोगितामा भाग लिएका थिए । जसमा महेन्द्र नि. मा.वि.का छात्र अपिल सिंह प्रथम , कन्या मा. वि.का छात्र श्री ओस्कार भण्डारी दृतिय, दुर्गा मा.वि.की छात्रा अमला ऐडी तृतीय र अरु सबै सहभागी छात्र छात्रा सान्त्वना भएका थिए । पुरस्कार प्रथम – नगद रु ४५०० सहित प्रमाण पत्र। दृतीय – नगद रु ३५०० सहित प्रमाण पत्र। तृतीय – नगद रु २५०० सहित प्रमाण पत्र। सान्तवना नगद रु १००० सहित प्रमाण पत्र सबै सहभागी छात्र छात्रालाई दिएको थियो । यस कार्यक्रममा दलित सहयोग समाज अन्तर्गत वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना का फिल्ड स्टाफ कृषि जे. टी. ए. लोकेन्द्र बहादुर रोकायाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको स्वागत गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित