जेठ २२ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गंगाबस्तीमा सवारी दुघर्टनामा परि पैदलयात्रीको मृत्यु भएको छ ।
शनिबार राति सवा ८ बजेको समयमा गंगाबस्ती स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आँउदै गरेको लु ३३ प ५३७४ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
पैदलयात्री बर्दघाट १४ गंगाबस्ती बस्ने वर्ष ५५ कि फुलमाया थारुलाई ठक्कर दिदाँ उपचारको क्रममा उनको जेनश अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।
दुर्घटनमा परि थारुको बाँया खुट्टा र टाउकोमा चोट लागेको थियो भने अवस्था गम्भीर रहेकाले सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ताबाट थप उपचारका लागि बुटवल रिफर गरीएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी शाहीले बताउनुभयो । मोटरसाईकल र मोटरसाईकल चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

