Rashtriya Dainik

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

राष्ट्रिय दैनिक / नवलपरासी , २२ जेठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सुनवल सामुदायिक बिकास केन्द्र र युनाइटेड मिसन टु नेपालकाे सहयोगमा घरेलु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप सम्बाद तथा महिलाहरुकाे अर्थपूर्ण सहभागीता परियोजना अन्तर्गत कुस्मा धार्मिक तथा सामुदायिक अगुवाहरुकाे समुहकाे अायाेजनामा १२० अाेटा बिरुवा राेपण गरिएको हाे।

कार्यक्रममा वडा नम्बर ३ काे वडा अध्यक्ष गाेधन हरिजनले वातावरण संरक्षण गर्नु आवश्यकता रहेकोले सवै राष्ट्रले दीगो र सन्तुलित विकासमा जोड दिदै प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्ष सपना अधिकारी थापाले बाेटबिरुवा राेप्नु सुनाैलाे अवसर तथा नयाँ कामकाे थालनी गरेको याे मानव जीवन तथा हरेक प्राणिसंग जाेडिएकाे कार्यक्रम हाे । बाेटबिरुवाले अक्सिजन दिने गरेकाेले उसलाई अाफ्नाे लागि मात्र नभए अाफ्नाे भाबि पिडिकाे लागि पनि सुरक्षित राख्न जरुरी रहेको छ । बाेट बिरुवा तथा बन जंगल फडानी भएको हुनाले जलवायु परिवर्तन भइरहेको कारणले पानी नपर्नु , खडेरी हुनु ,गर्मि बढ्दै जानू,जलस्रोतकाे मुहान सुक्दै जानू भएको हुनाले बाेटबिरुवा राेपि यसलाई संमक्षणमा सहयोग गर्न सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।

त्यस्तै युनाइटेड मिसन टु नेपालकाे घरेलु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप सम्बाद तथा महिलाहरुकाे अर्थपूर्ण सहभागीता परियोजना ब्यवस्थापन कविता गुरुङले पर्यावरण स्वच्छ सफा राख्न तथा बातावरणीय संतुलनलाई कायम राख्न सकिने भन्दै बृक्षाराेपण जरुरी रहेकाेले एक घर एक बाेट बिरुवा लगाउन अनुराेध गर्दै अगामी दिनमा लगाइएको बाेटविरुवालाई अनुगमन समेत गरिने कुरामा जाेड दिनुभएको थियाे ।

कार्यक्रममा सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्ष सपना अधिकारी थापा , पाल्हिनन्दन वडा नम्बर ३ काे वडा अध्यक्ष गाेधन हरिजन, युनाइटेड मिसन टु नेपालकाे घरेलु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप सम्बाद तथा महिलाहरुकाे अर्थपूर्ण सहभागीता परियोजना ब्यवस्थापन कविता गुरुङ , कार्यक्रम संयाेजक कृष्ण पाण्डेय , लैंगिक समानता परियोजना संयाेजक राधा तिमिल्सिना , समाजसेवी उत्रि हरिजन लगाएतकाे सहभागीतामा ६० धुपि , १० निम, १० मयुर फुल , १० पारिजात साथै सयपत्री , थुगे फुल गरि १२० अाेटा बिरुवा राेपण गरिएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित