महेश यादव
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ पुसाैलि वडा कार्यालय नजिकै रहेको सिद्धार्थ हेल्थ क्लिनिकद्वारा अनिश्चितकालिन निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । महिलाहरुलाई महिनवारीकाे समयमा हुन सक्ने विभिन्न समस्या र राेगहरुबाट बच्न र सुरक्षित रुपले प्याड प्रयोग गरि स्वस्थ्यकर जीवन विताउन सक्ने वातावरण सिर्जना गर्नका लागि निशुल्क सेनेटरि प्याड वितरण गरिएको हेल्थ क्लिनिकका संचालक मुकेश गाैडले बताए ।
मधेसी समुदायका कतिपय महिलाहरुले विभिन्न समस्या र बाध्यताका कारण महिनवारिकाे समयमा सुतिकाे कपडा र विभिन्न कपडाहरु प्रयोग गरेका हुन्छन् जसबाट महिलाहरु विभिन्न राेग र समस्याका सिकार हुन जान्छन् त्यस्ता समस्या समाधान र विभिन्न राेगबाट महिलाहरुलाइ सुरक्षित गर्न र सजिलै संग उपलब्ध हुने गरि सिद्धार्थ हेल्थ क्लिनिकद्वारा निशुल्क सेनेटरी प्याड वितरण गरिएको संचालक गाैडले जानकारी दिनुभएको हाे । साथै क्लिनिकमा रु ५००/- भन्दा वढिकाे विभिन्न राेग र समस्याकाे उपचार गराउनेलाई विशेष छुटकाे ब्यवस्था समेत गरिएको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

