बर्दघाट – राष्ट्रिय सरसफाई सप्ताहको तयारीको पूर्वसन्ध्यामा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगत खानेपानी सुरक्षा योजना टोलीको बैठक शनिवार भएको छ । बैठकले सरसफाई सप्ताहमा बिबिध कार्यक्रम गरेर मनाउने निर्णय गरेको हो । संस्थाका उपाध्यक्ष एंव खानेपानी सुरक्षा योजना टोलीका संयोजक दीपक लम्सालका अनुसार बैठकले जेठ १५ देखि १८ गते सम्मको अवलोकन भम्रणको समिक्षा गर्नुका साथै टोल टोलमा हुने सरसफाई सम्बन्धि अन्तरक्रियालाई निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै जेठ २८ गते संस्थाको आयोजनामा सरसफाई सप्ताहको अवसरमा कार्यक्रम गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्यालले खानेपानी संस्थामा बाँकी रहेको कार्यकाललाई अझै परिणाममुखी बनाउन सबैलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा संस्थाका सचिव धनबहादुर गुरुंगले संचालन गरेको र टोलीका सदस्यहरु कृष्ण हरि पौडेल, बाबुराम घिमिरे, रवि पाण्डेय, काशीराम न्यौपाने , बलमाया थापालगायतका सदस्यहरुले सुझाव दिएको लम्सालले बताउन्ुभयो ।
त्यस्तै सरसफाई सप्ताहको अवसरमा जेठ २४ गते रेडियो परासीको आयोजनामा संस्थाको सभाहलमा सरसफाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत रहेको लम्सालले बताउनुभयो । बैठकमा पानी परिक्षण प्रयोगशालाका जिम्मेवार कर्मचारी पुर्ण बहादुर थापाले पानी परिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

