हरिकिशोर शर्मा/ जेठ-२२
ठोरी -४ को माबि बिजयबस्ती र ठोरी-५ को सखुवाटी प्राबिमा गएराती चोरी भएको छ ।
कक्षा-१२ को परीक्षा केन्द्र समेत रहेको माबि बिजयबस्तीमा फलामको रडले ५ वटा कोठाको ताल्चा फोडेर भित्र रहेका सामाग्री भताभुङ्ग पारेको भेटिएको बिद्यालयका प्रधानाध्यापक नारायण लामाले बताउनु भयो । बिद्यालयको २ वटा अफिस कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको ताल्चा फोडेर भित्र रहेका सामानहरु लथालिङ्ग अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने खोजी भैरहेको प्रअ लामाले बताउनु भयो ।
त्यस्तै ठोरी ५ सुवर्णपुरमा रहेको सखुवाटी प्राबिमा पनि रडले ताल्चा फोडेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामाग्री चोरी भएको बिद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले बताउनु भयो ।
उक्त बिद्यालय(सखुवाटी प्राबी)मा चोरी गर्ने ब्याक्तिको पहिचान भइसकेको र बांकी अनुसन्धान जारी रहेकाले केहिबेर पछि बिस्तृत विवरण आउने प्रअ श्रेष्ठले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

