Rashtriya Dainik

रोहिणी खोला दुर्घटना अपडेट : ५ जना मृतकको पहिचान खुल्यो

उर्मिला यादव यात्री

भैरहवा , जेठ २२

रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलाको पुलबाट आज बिहान बस खस्दा मृत्यु भएका ९ जना मध्य ५ जनाको सनाखत भएको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भिम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

पहिचान खुलेका मृतकहरुमा तिलोत्तमा २ योगीकुटी बस्ने ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल छन् भने भीम अस्पतालमा मृत्यु हुने चार जनामध्ये रुपन्देहीको ओमसतिया४ राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । भारतीय नागरिक ४० बर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खसेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित