उत्तमकुमार थापा/ बझाङ
सुर्मा गाउँपालीका वडा नम्बर ४ थकुनडाडा घर भएका प्यारी बाेहराकाे माेवाईल हराएको थियाे ।
हाल सदरमुकाम चैनपुरमा बसाेवास गर्दै आउनुभएका सुर्मा गाउँपालीका वडा नम्बर ४ थकुनडाडा घर भएका प्यारी बाेहराकाे माेवाई हराएको भन्दै वडा प्रहरी कार्यालयमामिति २०७९/२/२१ गते निवेदन दिनुभएको थियाे ।
निवेदनकाे आधारमा प्रहरीले खाजतलास गर्दा जयपृथ्वी नगरपालिका वडा नम्बर १०काे सुर्मा टाेलमा वडा प्रहरी कार्यालय बाट खटिएको टाेलीले फेला पारेको डिएसपी ज्ञान बहादुर बिष्टले बताए । महङ्गो माेवाईल रेडमी १० प्राे २६५०० मुल्य परेकाे माेवाईल पाएपछि हस्तान्तरण गरिएको हाे ।
मिति २०७९/२/२१ गते राति करिब ८:३० बजे हराएको माेवाई प्रहरीले फेला पारी आज २२ गते वडा प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी सहायक निरिक्षक हरिशराज पन्तले हस्तान्तरण गर्नुभएको हाे । हस्तान्तरण गर्दै उहाँले भने,प्रहरी मेराे साथी मुस्कान सहितको प्रहरी लगाएत कार्यक्रम प्रभावकारी भएको पाईन्छ । भने स्वच्छ प्रहरी भन्न सकिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

