Rashtriya Dainik

रुपन्देहीको बैकुण्ठपुरस्थित रोहिणी पुलबाट बस नदीमा खस्दा ३२ जना घाइते

भैरहवा, २२ जेठ । रुपन्देहीको भैरहवा–परासी सडक खण्ड बैकुण्ठपुरस्थित रोहिणी पुलमा यात्रु बोकेको बस खसेको छ । आज विहान साढे चार बजे जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो ।

रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको बीचमा पर्ने बैकुण्ठपुरस्थित रोहिणी पुलबाट बस नदीमा खस्दा ठुलो मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ

दुर्घटनामा घाइते भएकालाई उद्दार गरी प्रहरीले भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पुर्याएको छ। दुर्घटनामा केहीको मृत्यु समेत भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित