अमृता सुनार /सुनवल जेठ २१ ।
सुनवल वडा नं ३ मा रहेको वडा बाल संजालद्वारा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सोमनाथ मन्दिरमा सम्पन्न भएको छ । वडा बाल संजालको अध्यक्ष अन्जली चापागाईको अध्यक्षता तथा वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा एवम कार्यपालिका सदस्य भुमीकला शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा वडा सदस्यहरु श्याम बहादुर गुरुङ, गिर बहादुर बुढाथोकी, लक्ष्मी परियार , महिला उधम केन्द्रको सचिव तथा बाल क्लब संरक्षक गौमाया काला थापा , महिला स्वास्थय स्वमसेविका राधिका गौतम , बाल मैत्री स्वमसेविका शान्ति श्रीस, नगर बाल संजालको पूर्व सदस्य एवम वर्तमान वडा बाल संजालका सल्लाहकार खेम बहादुर गुरुङ ,कोटीयामाई बाल क्लबको संरक्षक बिनु परियार , नगर बाल संजालको सदस्य लक्की घर्ती लगाएतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बाल संजालले आगमी आउदो आर्थिक वर्ष २०७९/८० मा हाजीरी जवाफ प्रतियोगिता, लेखन प्रतियोगिता, खेलकुद , रचना प्रतियोगिता , बाल मैत्री कार्यक्रम ,वक्तृत्वकला प्रतियोगिता , सरसफाई , सचेतना कार्यक्रम , बालनेत्रीत्व कार्यक्रम आयोजना गरिने वडा बाल संजालका सचिव कृष्ण थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

