अमृता सुनार / सुनवल , जेठ २१
लेप्रोसिक मिसिन इम्प्याक्ट नेपालद्वारा संचालित सुनवल नगरपालिका वडा नम्बर १ र ४ मा रहेका अपांग कुष्टरोगी एकल महिला र अति बिपन्न समुहको वहुउद्देसिय सहकारी संस्था सुनवलको प्रथम साधारण सभा तथा अधिबेशन सुनवल सामुदायिक सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष तेजराज उपाध्ययको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त प्रथम अधिबेशनबाट तेजराज उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन भएको छ । जसको उपाध्यक्षमा अन्जु न्यौपाने, सचिब बिराज श्रेष्ठ, कोष्ध्यक्ष स्मृति थापा, सह सचिब ओमकार यादव र सदस्यहरुमा रोमन बुढाथोकी, प्रेम कुमारी घिमिरे, रजनि पान्डे , निर्दोश ठाडा, याम कुमारी सारु, चन्द्रा सुबेदि लगाएत चयन हुनु भएको छ ।
संस्थाको प्रगति प्रतिबेदन समुहको सचिब बिराज श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यक्रममा आर्थिक प्रतिबेदन कोष्ध्यक्ष स्मृति थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन लेप्रोसिक मिसन इम्प्याक्ट नेपालका फिल्ड सुपरभाइजर भगवती रावतले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

