Rashtriya Dainik

सुनवल जेसिज २०२२ द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

अमृता सुनार / सुनवल , जेठ २१
सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथमा अवस्थित बालमैत्री सिकाइ केन्द्रको सभाहलमा सुनवल जेसिज २०२२ द्वारा नवनिर्बाचित नगर प्रमुख, नगर उप प्रमुख र वडा नम्बर १ बाट निर्वाचित वडा अध्यक्ष र सवै सदस्यहरुलाइ बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । जेसिज २०२२ को अध्यक्ष जमुना कुमारी थापाको अध्यक्षतामा तथा सुनवल नगरपलिकाको नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता एबम वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य सिता भण्डारी, वडा सदस्य कृष्ण बहादुर क्षेत्री प्रशुराम कवर, जेसिज निबर्तमान अध्यक्ष बासु देव पौडेल, पुर्ब अध्यक्ष जीबन पौडेल, चुरामणी गैरे, उत्सव पौडेल, साजिन बार्जचार्य, गौमाया गुरुङ्ग बुढा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्बाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । सो कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख आतिथि बिमला अर्यालले हालै सम्पन्न स्थानीय तहको निर्बाचनमा जेसिजले खेलेको भुमिकालाई प्रसंशा गर्दै धन्यवाद र आभार ब्याक्त गर्दै आगामी दिनमा जेसिजलाई पर्ने आबश्यक सहयोगको लागि पनि प्रतिबद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापा मगर , जीवन पौडेल , चुरामणि गैरे बासुदेव पौडेल , उत्सब पौडेल लगाएतले मन्तव्य राख्नु भएको थियो । सुनवल जेसिज २०२२ का उपाध्यक्ष बिनोद पान्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव बिकास आचार्यले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित