लैंगिक हिंसा विरुद्ध हस्ताक्षर तथा प्रतिबद्धता

उमेश बि.क / नवलपरासी ,१६ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत हस्ताक्षर तथा प्रतिबद्धता कार्यक्रम गरिएको छ।

तिलकपुर महिला बचत सहकारी र महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजना तथा सुआहारा ,बेश नेपालको अर्थिक सहयोग एवम ए.बि.सि नेपाल तथा सरावल गाउँपालिकाको समन्वय सहकार्यमा कार्यक्रम गरिएको हाे।

तिलकपुर महिला बचत सहकारीकी अध्यक्ष मिना चौधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष चाैधरीले अभियानमा ऐक्यवद्धता जनाउँदै सरावल गाउँपालिकामा लैङ्गिक हिंसा भन्ने शब्दलाई नै हटाउनका लागि सम्पूर्ण एकजुट भई अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

 
यस्तै पालिकाका उपाध्यक्ष रायले विषेशगरि महिला माथि हुने विभिन्न प्रकारका हिंसाका घटनामा चुप लागेर नबस्न अनुरोध गर्दै यस अभियानले पछिल्लो समय घटिरहेका घटनाहरुको न्यूनिकरण भई हिंसाको अन्तय हुनसक्ने विश्वास समेत लिइएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल , वडा नं. १ कार्यवाहक अध्यक्ष राधा कुमारी चौधरी ,वडा नं. २ कार्यवाहक अध्यक्ष बिजय सिंह गुप्ता ,कार्यपालिका सदस्य छिमा राय ,जिसस सदस्य आशा देबि चौधरी लगाएको सहभागीता रहेको एबिसि नेपालकी सहजकर्ता साइदा नेसाले जानकारी दिनुभएको हाे ।

लैंगिक हिंसा विरुद्ध हस्ताक्षर तथा प्रतिबद्धता कार्यक्रममा तिलकपुर महिला बचत सहकारीकी अध्यक्ष मिना चौधरीले कुनै पनि हिंसामा बालबालिका, महिलापुरुष, जेष्ठनागरिक तथा अपाङ्ग नपरुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot