Rashtriya Dainik

शिक्षा पुर्ण रुपले निशुलक हुनुहुदैन: नगर प्रमुख महतो

महेश सिंह सिराहा लहान २१ जेठ – , सिरहाको धनगडीमाई नगरपालिका वडा नं. १२ मा रहेको तु.स.डो.मा.वि. विष्णुपुरकट्टीले नव निर्वाचित नगर प्रमुख तथा उप प्रमुख लगयत १ देखि १४ वटा सम्मका वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अथिती नव निर्वाचित नगर प्रमुख शिव शंकर महतो र विशिष्ठ अथितीमा उप प्रमुख संगिता कुमारी चौधरी रहेको थियो ।

विधालय संचालक समितीका अध्यक्ष खुस्मी राम हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानअध्यापक बलराम भक्त ठकुरीले स्वागत मन्तब्य राख्दै स्थानिय सरकार आएदेखि विगतका ५ वर्ष देखि विधालयले यस स्थानिय सरकारबाट पाउँनु पर्ने सेवा सुविधा, विधालयलाई चाहिने भौतिक संरचना र अहिलेको आवश्यकता प्राविधिक शिक्षामा कुनै किसिमको सहयोगका साथै शिक्षा शाखाले छुट्याएको बजेट पनि नभएको गुनासो गर्नु भयो । धनगडीमाई नगरपालिकाकै सबै भन्दा पुरानो यस विधालयलाई ग्रमिण भेगको एउटा नमुना विधालयका रुपमा विकास गर्न आग्रह समेत गर्नु भयो ।

सरकारी विधालयको शिक्षा बिग्रिनु र गुणस्तरीतामा कमी आउनु नै पुर्ण रुपले निशुल्क शिक्षा हो, त्यसैले शिक्षामा केही शुल्क लिदा अभिभाावक र विधार्थीमा शिक्षाको महत्व बुझिने नव निर्वाचित नगर प्रमुख महतो बताउनु भयो । प्रत्येक विधालयलाई करेसाबारी र श्रम संग जोडेर सिनियर विधार्थीहरुलाई हप्ताको ४ घण्टा काममा लगाउने साथै यस विधालयका म आफै एउटा विधार्थी र्भएकोले विधालयलाई हरेक क्षेत्रबाट पुर्ण सहयोग गर्ने नगर प्रमुख महतो घोषणा भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित