Rashtriya Dainik

रामपुर खडौना साना किसान कृषि सहकारीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , २० जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।

सरावल ६ गडाैरीमा अवस्थित रामपुर खडौना साना किसान कृषि सहकारी संस्था लि. काे अायाेजनामा बिनाचल हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी प्रमुख अातिथ्यता एवम् उपाध्यक्ष बासमति हरिजनकाे बिशेष अातिथ्यतामा एक कार्यक्रमबिच बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी, उपाध्यक्ष बासमति हरिजन ,वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश यादव , वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मण चाैधरी , वडा नम्बर ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता ,प्रतापुर ३ का वडा अध्यक्ष ऋषिदेव पटेल , सरावल वडा नम्बर ६ काे वडा सदस्य चन्द्रभान चौ, ज्ञान्ती चौ ,जानकी हरिजनलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले नागरिकको सेवाको लागि निर्वाचित भएकाले नागरिकको समस्या बुझेर समाधानका लागि अगाडि बढ्ने बताउनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित