राष्ट्रिय दैनिक / नवलपरासी , २० जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बाढी नियन्त्रणकाे लागि भारत र नेपालसंग बिशेष पहल गर्ने बताउनु भएको छ।
बिपत ब्यवस्थापनसंग सम्बन्धित कार्ययोजना तथा मन्सुन प्रतिकार्य याेजना सम्बन्धि कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले सरावल गाउँपालिका वडा नम्बर ५ देखि ७ निकै बाढी प्रभावित क्षेत्र भएको हुनाले छिट्टै मित्र राष्ट्र भारत तथा नेपालको प्रदेश र केन्द्रीय सरकारसंग समन्वय गरि राेकथामकाे लागि बिशेष पहल गरिने बताउनु भएको छ।

सरावल गाउँपालिका बाढी प्रभावित क्षेत्र भएकोले बर्सेनि यहाँका जनता सास्ती भाेग्नु परेको भन्दै राहतमा मात्र सिमित नरहेर छिट्टै बाढी नियन्त्रण तथा राेकथामकाे लागि गुरुयाेजना बनाई अगाडि बढ्ने बताउनु भएको हाे।
बाढी राष्ट्रिय समस्या भएकोले न्युनिकरणकाे लागि बिशेष कदम चालि यहाँका जनतालाई तमाम समस्याबाट छुटकारा दिलाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे ।

सरावल गाउँपालिकाकाे अायाेजना तथा बेस नेपालकाे प्राबिधिक सहयोगमा भएको कार्यक्रममा उपाध्यक्ष बासमति हरिजन लगाएत वडा अध्यक्ष , शाखा प्रमुख तथा विद्यालय प्रतिनिधिहरुकाे सहभागीता रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

