राजन कुमार बानिया
पर्सा २० जेठ
पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ४ लंगडीका वडाध्यक्ष अबास मियाँ चुरिहारले पदभार ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित मियाँ आज एक कार्यक्रमका बिच पदभार ग्रहण गरेका हुन् ।
त्यस अघि मर्मत र रंग राेहन गरिएपछी वडा कार्यालयकाे रिबन काटेर नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बशिस्टनारायण कुर्मीले उद्घाट गरेका छन। बैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार समेत रहेका कुर्मीले फुल माला र अविरकाे टिका लगाएर नवनिर्वाचित वडाध्यक्ष मियाँलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिए ।
पदभार ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै कुर्मीले जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्नु पर्ने वताए । उनले निर्वाचनमा हारजित स्वभाविक भएकाे वताउँदै विकासकाे मामला सबैसंग सहकार्य गरेर अगाडी बढनु पर्ने धारणा राखे ।जनताको छितो छरितो कामकाज गर्न अाग्रह समेत गर्नु भएको हो। अाफु चुनाव हारेपनी जनता हरुको दुख शुखमा साथ रहने बताए ।पदभार ग्रहण कार्यक्रम मा उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, कार्यपालिका सदस्य दिनेश कलवार , सदस्य कमल ठाकुर,मदन सहनी,वडा सचिव जितेन्द्र चौहान,लगायत स्थानिय ईसरायल मियाँ , बिनय साह कानु, जनार्धन साह,अलियास मियाँ, भुवाल पटेल,रामाचनद साह, लगायतको सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

