Rashtriya Dainik

कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित नगर कार्यपालिका सदस्यलाई सपथ

अजय मिश्र, कृष्णनगर, जेष्ठ २०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित नगर कार्यपालिका सदस्य लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् l
कृष्णनगर नगर कार्यपालिका सदस्यमा निर्वाचित ज्योति कोरी, गौरि शंकर हरिजन, विद्यावती कोहार, रामलाल बढ्ई, राम किशोर बरई, इन्द्रावती भर, शुशीला नाउ, सोमना पासीलाई, लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को सपथ दिलाएका छन् l

कृष्णनगर नगरपालिका उप प्रमुखआरती देवी चौधरी ,प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रम संचालन योजना शाखा प्रमुख साकिर अहमद शाहले गर्नुभयोl

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित