राष्ट्रिय दैनिक / नवलपरासी , २० जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा स्थानिय निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुलाई सम्मान तथा विदाई गरिएको छ।

सरावल गाउँपालिकाकाे अायाेजनामा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षतामा स्थानिय निर्वाचनमा निर्वाचन आयाेगबाट खटिएका सुरक्षाकर्मीहरुलाई सम्मान तथा विदाई गरिएको हाे।

शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन बिशेष सहयोग गर्ने सुरक्षाकर्मीहरुलाई खादा अाेढाई सम्मान सहित विदाई गरिएको हाे।
सम्मान तथा विदाई कार्यक्रममा सरावल पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले निर्वाचनकाे समयमा अहाेरात्र खटी निर्वाचन सम्पन्न गराउन बिशेष सहयोग गरेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

