Rashtriya Dainik

पोखरिया नपाको बिकासको लागि सर्वदलिय टोली जनकपुरधाम पुगे

राजन कुमार बानिया
पर्सा १९ जेठ
पर्साको दोस्रो सदरमुकाम को रुपमा रहेको पोखरिया नगरपालिका को विकास र समृद्धि को लागी मधेश प्रदेश को सम्पूर्ण मंत्रालयमा शिक्षा, स्वास्थ्य , कृषि र रोजगारीको अवसर सृजना गर्न ०७९/२०८० को प्रदेश बजेटमा पोखरिया नगरपालिका को विशेष रुपले बजेटिंग गर्न पोखरिया नगरपालिका सर्वदलीय डेलिगेशन लिई मधेश प्रदेश को राजधानी जनकपुरधाम मा पुगेका छन। सर्वदलीय टोली ले मधेश प्रदेश का मुख्यमन्त्री लालबाबु राउत गदी संग भेटघाट गरि , समाजिक बिकास मन्त्री ,अर्थमन्त्री लगायत संग भेट घाट गरि पोखरिया नगरपालिका को लागि बिकास को बारेमा ०७९/०८० को नयाँ बजेट मा राखेर सहयोग गरिदिन को लागि सर्वदलीय टोली ले अनुरोध गर्दै पोखरिया नगरपालिका बाट लिखित समेत गरेको थियो। मुख्यमन्त्री राउत ले पोखरिया नगरपालिका को बिकास मा अाफ्नो फुल सपोर्ट रहने बताए । पोखरिया नगरपालिका बिकास को लागि सर्वदलीय टोली मा पोखरिया नगर प्रमुख प्रधुमन चौहान, प्रदेश सांसद प्रहलाद गिरी,मंजुर अालम, राजेश्वर साह,जनत अन्सारी, पोखरिया नगरपालिका को न्यु बर्तमान मेयर दिपनारायण रौनियार,प्रमुख प्रसासकिय अधिकृत असोक रौनियार, लोजपा का नेता नजामुदिन समानी, वडाध्यक्ष लक्ष्मण साह, नौसाद अालम,प्रमेन्दर पटेल,नेकपा एमाले का जिल्ला ईन्चार्ज प्रभु हजरा,जसपा का नेता राजु साह,योगेनद्र प्रसाद कुर्मी, राजनरायन कुर्मी,लोजपा का युवा नेता सुजित गिरी,राकेश कुमार लगायत दर्जनौ टोली मधेश प्रदेश को राजधानी जनकपुरधाम पुगेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित