Rashtriya Dainik

सरावल गाउँपालिकामा विकासको अनुभुति हुने गरि काम गर्छु : अध्यक्ष चाैधरी

उमेश बि.क / नवलपरासी , १९ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले विकासको अनुभुति हुने गरि काम गर्ने बताउनु भएको छ।

नवनिर्वाचित अध्यक्ष चाैधरीले गत कार्यकालमा भएका कामको मुल्याङकन गरिने बताउदै नागरिकलाई महशुस हुने गरी सेवा प्रवाह गर्ने कार्यलाई पहिलो प्राथमिकता दिइने बताएका छन् ।

पालिकामा अब विकास निर्माणको कामले गति दिने गरी योजना बनाएर काम गर्ने बताएका छन् ।

समाजिक काममा सक्रिय देखिने चाैधरीलाई अहिले सरावल गाउँपालिका अध्यक्षको रुपमा स्थानीय चुनेका छन् । पालिकाको समस्याहरुलाई प्रत्यक्ष रुपमा नजिकवाट नियालेका उनले आफ्नो घोषणा पत्रमा सरावलकाे समस्याहरु सामाधान गर्ने बताएका थिए ।

पालिका भित्रका जनताहरुले धेरै विकासको अपेक्षा गर्नुभएको छ विकास संगै संगै पालिका भित्र धेरै अव्यवस्थीत बसोबास र सुकुम्बासीहरु रहेका छन् । सुकुबासीहरुले आफ्नो जग्गाको लालपुर्जा माग गरिरहनुभएको छ । सोहि लालपुर्जा वितरण गर्नको लागि पहल गर्ने काम गर्ने बताउनु भएको छ।

हिजोको दिनमा भएका कुरा छाडेर अब नयाँढंग बाट पालिका अघि बढाउनु पर्ने भएकोले सबैको सल्लाह आवश्यक रहेको बताएका छन् । सबै राजनितिक दललाई पनी निर्वाचनमा भएका तिता मिठा सबैकुरा छाडेर गाउँपालिकाको बिकासमा एक जुट भएर लाग्नु पर्ने भएकोले सहकार्य गर्न आग्रह गरेका छन् ।

चाैधरीले सबै राजनीतीक दललाई चुनाबको समयमा भएका सबैकुरा भुलेर आउन आग्रह गरेका छन् । आफु सबै राजनीतीक दलसंग सहकार्य गर्न चाहेको भन्दै सहकर्यको लागी सबै राजनीतीक दललाई आग्रह गरेको छन । चाैधरीले भने अबको ५ बर्षमा हेर्न लाएक सरावल गाउँपालिका बनाउने आफ्नो सपना रहेको भन्दै उक्त सपना पुरा गर्न सबैको सल्लाह सुझाव आवश्यक रहेको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित