कोरोनामा बिहेको निम्तो, जाने कि नजाने ?

काठमाडौं : के तपाईंको घरमा बिहे भोज खान निम्तो आउन थाल्यो ? के सोच्नुभएको छ त, जाने कि नजाने ?

एक चोटिको भोज र मन राख्न भनेर गएको बिहेबाट कोरोना संक्रमण भयो भने ? वा तपाईंको शरीरमा लुकेको भाइरस त्यही बेला बेहुलाबेहुलीलाई सर्‍यो भनेर ?

बेहुलाबेहुलीलाई पनि कम टाउको दुखाइ छैन। नबोलाऊँ, लकडाउन होइन। बोलाऊँ, कोरोना अलिकति मत्थर भएको छैन।

यस्तो बेला दुवैलाई कोरोना लागे तै मन बुझाउलान्, एक जनालाई मात्र लागे !

पार्टी प्यालेसहरू औपचारिक रूपमा बन्द भए पनि सरकारले भोजभतेरमा कडाइ नगर्दा यो समस्या बिहे गर्ने र बिहे खाने दुवै पक्षलाई छ। यस्तै हेलचेक्र्‍याइँ गर्ने हो भने, यस्ता बिहे भोजबाट काठमाडौंमा अर्को चरणको कोरोना महामारी फैलिने खतरा भएको विशेषज्ञहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुन सकेसम्म यस्ता भोज-भेलामा नजान सुझाउँछन्।

‘बिहेका भोज धमाधम हुन थालेका छन्। निम्तो पनि आइरहेकै छ,’ डा. पुनले भने, ‘यस्तो बेला कसरी जान सकिएला र ?’

डा. पुन अहिले बिहे, भोजभतेरमा कोरोनाको जोखिम धेरै हुने बताउँछन्। अहिले जाडोयाम पनि भएकाले मान्छे भेला हुनु ठीक होइन। ६० वर्षभन्दा माथि उमेरका त झन् अत्यधिक जोखिममा छन्।

‘विशेषगरी ६० वर्ष माथिकाहरूको कोरोनाका कारण मृत्युदर पनि बढेको देखिन्छ,’ पुनले भने।

मंसिर, पुस र माघमा कोरोना संक्रमण अत्यधिक बढ्ने सम्भावना छ। त्यहीँमाथि बिहे र भोजभतेरले यो सम्भावनालाई वास्तविकतामा बदलिन निमेष लाग्दैन।

उनका अनुसार अहिले सडकमा सकुशल हिँडिरहेको व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ। वयस्कलाई जोखिम कम भए पनि उसबाट पाको उमेर समूहमा सर्ने सम्भावना बढी हुन्छ।

‘बिहे, भोजभतेरमा मास्क लगाएर बस्न मिल्दैन। दुरी कायम हुँदैन। त्यसैले सुरक्षा(सावधानीमा व्यक्ति आफैं चनाखो हुनुपर्ने अवस्था छ,’ पुनले भने।

‘खोकी, साँक्क-सुँक्क गरिरहेका व्यक्ति निस्फिक्री हिँडिरहेको देखिन्छ,’ पुनले भने, ‘ती मानिसहरूको माध्यमबाट अरूमा कोरोना संक्रमण हुन सक्छ।’

संसारभर नै कोरोना व्यापक फैलिने कारण यस्तै भोजभतेर र समारोहहरू भएको पुष्टि भइसकेको छ। किनकी यस्तो समारोह बन्द कोठाभित्र हुन्छ जहाँ हावा खेल्ने पर्याप्त ठाउँ हुँदैन। र, यस्तो भेलामा चाहेर पनि दुरी कायम गर्न सकिँदैन। मास्क लगाएर गएकाहरू पनि खाने बेला त फुकाल्नै पर्छ।

पछिल्लो अध्ययनअनुसार खुला ठाउँमा भन्दा यस्ता बन्द ठाउँ कोरोना सर्ने अति जोखिमपूर्ण ठाउँ मानिएको छ। त्यसैले यस्ता ठाउँ औपचारिक रूपमा खुला पनि गरिएको छैन।

चिसो याम, भोजभतेर र मान्छेहरू फुक्काफाल हिँडिरहँदा पनि प्रशासनले यसमा खास चासो दिएको देखिँदैन। यस्ता भेला कसरी नियन्त्रण गर्नेबारे प्रशासनको तयारी पनि छैन।

‘अनुगमन गर्दैछौं। बिहेका समारोहबारे सूचना आइरहेको छ। हामी व्यवस्थित गर्ने तयारी गर्दैछौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

प्रजिअ पराजुलीले तयारी गर्दैछौं भन्दा भन्दै काठमाडौंमा धेरै भोज सकिइसके। आगामी साताभित्र बाँकी भोज पनि सकिनेछ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot