Rashtriya Dainik

बर्दघाट नगर कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेद्धारहरु विजयी

प्रकाश न्यौपाने
जेष्ठ १९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यपालिका सदस्यका लागी विहिबार आज भएको निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरु विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेसका ४ र नेकपा माओबादीका १ जना उम्मेद्धार विजयी भएका छन् । विजयी हुनेहरुमा नेपाली कांग्रेसका तर्फबाट मञ्जु चालिसेले ७०, रितु कुमारी सुनारले ७०, रिता ढुंगानाले ७० र सुमित्रा ढकालले ६९ मत र माओबादीका जानकी न्यौपानेले ७० मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनुभएका दिपा सारुले १३, माया चौधरीले १३ र राधा थापाले ११ मत प्राप्त गरि पराजय बेहार्नुभएको छ । त्यस्तै, दलित तथा अल्पसङख्यकमा उम्मेद्धारी दिएका नेकपा माओबादीका गोविन्द विश्वकर्मा ६८, माओबादीकै बुधिराम विक ६५ र एकिकृत समाजबादीका प्रेम बहादुर भुजेल ६८ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दीहरु नेकपा एमालेका लुकुडी चमार १३ र स्वतन्त्र उम्मेद्वार मोहन विकले १३ मत प्राप्त गरि पराजय बेहोर्नुभएको छ । ५ जना महिला र ३ जना दलित तथा अल्पसङख्यक सदस्यका लागी भएको निर्वाचनमा महिला तर्फ ८ जना र दलित र अल्पसख्यंक तर्फ ५ जना गरि १३ जनाको उम्मेद्धारी परेको थियो । बर्दघाट नगरका कुल ८२ जना जनप्रतिनिधि मध्ये ८२ जनाले नै मतदान गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित