जेष्ठ १९ /काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको निगमले जनाएको छ । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

