महेश सिंह सिरहा लहान १९ जेठ- ल्यानश कलबद्वारा नव- निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका छन्।लहान नगरपालिकामा नवनिर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोलगायत दर्जनौं जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन्।
कलबको प्रथम अधिबेशनको अवशर मिलाएर सम्मान गरेका हुन्। लहान स्थित माडवाडी सेवा सदनमा संचालनमा रहेको कलबको प्रथम अधिबेशनको उदघाटन मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले गरेका कलबका अधिकारीक ब्यक्ती राकेश झाले जानकारी दिनु भयो।
उक्त अधिबेशनमा कलबका सयौं ब्यक्तीहरुको उपस्थिती रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

