Rashtriya Dainik

भगवानपुर गाउँपालिका वडा नम्बर २ अध्यक्ष यादवको बिकासमा पहिलो प्राथमिकता शिक्षा

महेश सिंह सिरहा लहान १९ जेठ- बैशाख ३० गते सम्पन्न भएको स्थानीय हतको निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष सुर्य नारायण यादवले पदभार ग्रहण गरेका छन्।हिन्दु परम्परा अनुसार पुजा अर्चना गरी पदभार ग्रहण गरिएको छ।

भगवान पुर गाउँपालिकामा वडा नम्बर २मा पदभार ग्रहण गर्न कर्यालय पुगेका नव -निर्वाचित अध्यक्ष सुर्य नारायण यादवलाई वडा सचिब बिनोद यादव लगायतका सयौं स्थानीयहरुले भब्य स्वागत सम्मान गरेका थिए।नेता यादव पुर्व अवकाश नेपाल प्रहरीको प्रहरी निरीक्षक समेत रहनु भएका थिए।

यादवका अनुसार समाजमा रहेको फोहरी राजनीतिलाई उन्मुलन गर्न जनतालाई सेवा गर्न र समृद्ध समाज निर्माण गर्न आफू राजनीतिमा लागेको पत्रकार महेश सिंह संग कुरा गर्दै यस्तो बताए थिए।बिकास निर्माण मध्ये मेरो पहिलो प्राथमिकता शिक्षा र दोस्रो स्वास्थ र तेस्रो कृषि रहने उनले प्रतिबद्ध व्यक्त गर्नु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित