राष्ट्रिय दैनिक / नवलपरासी , १९ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कार्यपालिका सदस्यका लागी बुधबार भएको निर्वाचनमा काङ्ग्रेस , माअाेवादी र राप्रपाको गठबन्धन उम्मेद्धार विजयी भएका छन् ।
महिला सदस्यमा नेपाली काङ्ग्रेसबाट दुई जना र नेकपा माअाेवादीबाट महिला सदस्य र दलित अल्पसंख्यक गरी दुई जना उम्मेद्धार विजयी भएका छन् । त्यस्तै राप्रपाबाट महिला सदस्य र दलित अल्पसंख्यक गरि दुई जना बिजयी भएका छ । 
नेपाली काङ्ग्रेसबाट ज्ञान्त्री चाैधरी २४ मत र उर्मिला चाैधरी २३ मत ल्याएर महिला सदस्यमा बिजयी हुनुभएको छ । त्यस्तै नेकपा माअाेवादीबाट महिला सदस्यमा काैशल्या हरिजन २५ मत र रामानन्द हरिजन २५ मत ल्याई दलित अल्पसंख्यक सदस्यमा बिजयी हुनुभएको छ । त्यस्तै राप्रपाबाट रामनिवाश नाउ २४ मत र नेमा चाैधरी २४ मत ल्याई महिला सदस्यमा बिजयी हुनुभएको छ ।

त्यस्तै नेकपा एमालेबाट शान्ति कुमारी हरिजन १४ , शाेभा देवी थारु १३ , सावित्री कुमार चमार १३ र गाेपिचन हरिजन १३ मत ल्याएर पराजित हुनुभएको हो ।
नवनिर्वाचित कार्यपालिका सदस्यलाई बुधबार नै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता एव मुख्य निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजाली र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीकाे उपस्थितिमा प्रमाण पत्र वितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

