Rashtriya Dainik

अत्यमा सत्यको जित भयो, शिक्षक ठाकुरले सुरु गरे कामकाज

रौतहट १८ जेठ ।
रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ३ स्थित श्री जुद्ध माध्यमिक विद्यालयका शिक्षक प्रमोदकुमार ठाकुरले आजदेखि विद्यालयमा हाजिर भइ कामकाज शुरु गरेका छन् ।
साबिक सर्लाही बलरा नपा ४ हाल गौर–५ निवासी ४९ वर्षिय शिक्षक ठाकुर करिब चार वर्षपछि विशेष अदालतबाट सफाई पाएपछि उनले विद्यालयमा कामकाज शुरु गरेको विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतले जानकारी गराए । विद्यालयमा आयोजित गौरका नगरप्रमुख तथा उप–नगरप्रमुख अभिनन्दन कार्यक्रमकै वीच प्राथमिक तह द्वितिय श्रेणीका शिक्षक ठाकुरलाई हाजिर गराई विद्यालयको कामकाज शुरु गराइएको बताए ।
उनलाई विशेष अदालत काठमाडौंले गत जेठ ४ गतेको आदेश अनुसार सफाई दिएपछि उनीमाथि घुस लिएको झुटो मुद्दाको षडयन्त्र रचिएको भनी पुष्टि समेत भएको छ । गत २०७५ साल साउन १८ गते विद्यालयमा भवन निर्माण गर्ने क्रममा एक जना पेटिकन्ट्रयाक्टरले उनले भुक्तानी दिन आलटाल गरी आफुसंग २७ हजार घुस मागेको भन्दै अख्यितारमा उजुरी गर्दै अख्तियारको टोलीले विद्यालयमा छापा हानी नगद २७ हजारसहित नियन्त्रणमा लिएको थियो ।
त्यसपछि उनलाई विद्यालयमा निलम्बित गरिएको थियो । नियन्त्रणमा परेपछि उनको स्वास्थ्यमा गडबडी हुदाँ उनी ६ दिन अस्पतालमा बसेका थिए । पछि ४५ हजार धरौटीमा उनी रिहा भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित