अमृता सुनार / सुनवल ,जेठ १८
नेवा गूठी नगर कमिटि सुनवलद्वारा नवनिर्बाचित नगर प्रमुख, उपप्रमुख वडा नम्बर १ र ४ का वडा अध्यक्षहरुलाई बधाई तथा शुभकामना कार्यक्रम नेवा गूठी भवनको सभाहलमा सम्पन्न भएको छ । नेवा गूठी नगर कमिटि अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता एबम वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिमला अर्यालले नेवा गूठीले गरेको बधाई तथा शुभकामना कार्यक्रमले हामीलाई थप जिम्मेवारी बोध गराएको छ । आगामी दिनमा सबैको सरसल्लाह र समन्वय गरेर अघि बढने प्रतिबद्धता जनाउदै भर्खरै सम्पन्न स्थानीय तहको निर्बाचनमा नगर प्रमुख, उप प्रमुख लगाएत वडा अध्यक्ष वडा सदस्य सबैलाई आफ्नो अमुल्य मत दिएर विजय गराउनु भएकोमा सबैलाई धन्यवाद सहित आभार ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर , ४ का वडा अध्यक्ष बाल कृष्ण पङ्गेनी, उधोग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगाएतले मन्तब्य दिनु भएको थियो । कार्यक्रममा नेवा देय दबु प्रदेश समिति जिल्ला समितिका अध्यक्ष कजिमान श्रेष्ठ, छन्नु प्रसाद श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । नेवा गूठी नगर उपाध्यक्ष छन्नु प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन समितिका सचिब बिकास श्रेष्ठले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

