नवलपरासी, १८ जेठ
पश्चिम नवलपरासीको बर्दघाटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ११ का करिब ४० बर्षकाे ईन्द्र बहादुर चौधरीको अाज विहान ६ बजेको समयमा चट्याङ लागेकोे ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ ।
चौधरी विहान खेत हेर्न गएका बेला चट्याङ लागेको बताईएको छ । चौधरीलाई उपचारका लागि बर्दघाट २ मा रहेको चिसापानी अस्पतालमा उपचारका लागि लगेकोमा विहान ८ बजेर १२ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

