राष्ट्रिय दैनिक / नवलपरासी , १७ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

निजि विद्यालय तथा शिक्षा शाखाकाे अायाेजनामा स्थानीय तह निर्वाचनमा निर्वाचित भएका सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनलाई एक कार्यक्रमबिच बधाई तथा शुभकामना दिएको हो ।

सरावल शिक्षा शाखा प्रमुख तुलसी अधिकारीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा एवम् उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट अातिथ्यतामा भएको कार्यक्रममा सनराइज बाेर्डिङ्ग स्कुल तथा प्यापसन जिल्ला काेषाध्यक्ष बालकृष्ण लम्साल
,प्यापसन जिल्ला सहकाेषाध्यक्ष बिष्णु चाैधरी लगाएतले पालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

