राष्ट्रिय दैनिक / नवलपरासी १७ जेठ पश्चिम नवलपरासीमा ७ लाख मुल्य बराबरको अबैध युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार रामग्राम नगरपालिका वडा नं. १३ पाडाटिकर स्थित लु २ च १०३२ नम्बरको पिकअपमा लोड गरि राखेको अवस्थामा बिल बिजक बिनाको ३२ बोरा युरिया मल सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त मलको बिल बिजक नभेटिएपछि नियन्त्रणमा लिएको मल र पिकअप सहित आवश्यक कारवाहीको लागी राजश्व चुहावट नियन्त्रण कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

