Rashtriya Dainik

गगन थापाले ल्याएका थिए सबै पालिकामा अस्पताल बनाउने परियोजना

पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले बनाएको नीतिगत जगमा मुलुकभर एकै पटक आधारतभूत अस्तापलको शिलन्यास भएको छ । सोमबार देशभरका तीन सय नौ पालिकामा ५ देखि १५ शैयाका आधारभूत अस्पतालको शिलन्यास भएको हो ।

मुलुभरका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन अर्थमन्त्रालयले तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन ५७ अर्ब ९७ करोड रुपैयाँको बजेटको स्रोत सुनिस्चित भएपछि काम अघि बढेको हो । तर, यसको अवधारणा तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले अघि बढाएका थिए ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । त्यतिखेर थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अघि सारे । हरेक जनताले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाओस् भनेर यो अवधारणा अघि सारेका थिए ।

थापाको पालामा ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड’ बनाएपछि २१ वैशाख २०७४ मा मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकृत पनि गरेको थियो । भवनको पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका बनाउनुका साथै कुन स्थानीय तहमा कहाँ र कस्तो अस्पताल बनाउने टुंगो लगाएको थियो ।

बजेट नआउँदै थापा मन्त्रालयबाट विदा भएपछि त्यसको करिब चार वर्षपछि अहिले कामले मुर्तरुप लिएको छ । जग्गा प्राप्त भएका अस्पतालको शिलन्यास भए पनि अन्यमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको स्वाथ्य मन्त्रालयले जनाइएको छ ।

एकै पटक पालिकामा अस्पताल शिलान्यास गर्नु स्वास्थ्य पूर्वाधार निर्माणमा ठूलो फड्कोको रुमा हेरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित