Rashtriya Dainik

पाल्हिनन्दनमा मर्यादा तथा किशोरी किट वितरण

आदित्य प्रजापति / नवलपरासी/ १७ जेष्ठ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०५ मा महिलाहरूका लागि मर्यादा किट तथा किशोरीहरुका लागि किशोरी किट वितरण गरिएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्र,कपिलवस्तुको सहकार्य , युएनएफपिएको सहयोग तथा उपकार समाज संस्था नवलपरासीको आयोजनामा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०५ मा मर्यादा र किशोरी किट ५० जना महिला तथा किशोरीलाई वितरण गरिएको छ।

कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष दयाशंकर त्रिपाठीले यो सानो सहयोग भए पनि हाम्रो वार्ड को स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गर्ने बताउनु भएको छ । समाजमा भई रहेको स्वास्थ्य समस्यालाई केहीहद सम्म न्यूनीकरण गर्ने वताए।

कार्यक्रम उपकार समाज संस्था नवलपरासीका अध्यक्ष रंजीत शर्माको अध्यक्षतामा तथा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०५ वार्ड अध्यक्ष दया शंकर त्रिपाठीको प्रमूख अतिथिकता, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका उपाध्यक्ष त्रिलोचन घिमिरेको बिशिष्ट अतिथिकतामा सम्पन्न भएको छ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका कार्यक्रम संयोजक राम नारायण शाह ,उपकार समाज संस्थाका उपाध्यक्ष आदित्य प्रजापति, सचिव विनोद निगम, समाजसेवि अशोक गुप्ता, शक्ति कौशल लगायतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित