तुलसीराम पौडेल —
सियारी,जेष्ठ १७
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजनामा नव निर्वाचित जनप्रतिनिधिहरुको लागि स्वागत ,बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ। नव निर्वाचित सियारी गाउपालिका अध्यक्ष थानेस्वर घिमिरे ,वाड नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,वाड नम्बर ७ का वडा अध्यक्ष दिपक बहादुर शाही ,वाड नम्बर ३ का वडा अध्यक्ष राम चन्द्र कुर्मी , वडा सदस्यहरु पुर्ण कला पाण्डे ,दिपलाल केवट, गोविन्द थारु,हिरा कुमारी विक ,कृष्ण देवकोटा र मंगल थारु लगायतलाई स्वागत तथा बधाई शुभकामना दिइएको थियो ।
पश्चिम् अमवा खानेपानीका अध्यक्ष झपेन्द्रराज अर्यालको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता, उपाध्यक्ष रत्न बहादुर पौडेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा सल्लाहकार सुन्दर प्रसाद गुप्ता ,वडा नम्बर ६ का अध्यक्ष शेरबहादुर गुरुङ ,वाड नम्बर ७ का अध्यक्ष दिपक बहादुर शाही लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको संचालन संस्थाका सचीव केशव अधिकारीले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

