Rashtriya Dainik

सुनवल सामुदायिक बिकास केन्द्रद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , १७ जेठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा स्थानीय तह निर्वाचनमा निर्वाचित भएका पाल्हिनन्दनका जनप्रतिनिधीलाई एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएको हो ।


सुनवल सामुदायिक बिकास केन्द्रकाे अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षले अा अाफ्नाे विचार राखेका थिए ।

त्यस्तै लैंगिक समानता परियोजना संयाेजक राधा सापकोटा , काेभिड १९ बाट प्रभावित नेपाली समुदायको लागि अार्थिक पुर्नजिवित परियोजना संयाेजक सबिना रेग्मी र घरेलुु हिंसा न्युनिकरणकाे लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेयले परियोजनाले लिएको उद्देश्य र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित