स्थानीय तह निर्वाचन ( २०७९ ) मा लुम्बिनी प्रदेशबाट दलित समुदायका दुई वटा गाउँपालिका प्रमुख , एक उपप्रमुख, उपमेयर र १५ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।
हाल सम्म प्राप्त विवरण अनुसार नेकपा एमालेबाट एक जना ,माओवादी केन्द्रबाट एक जना गरि दुई जना गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै एमालेबाट एक जना उपमेयर र एक जना उपाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट प्युठानको सरुमाईरानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्मा र माओवादी केन्द्रबाट बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा डम्बर बहादुर बि.क विजयी भएका हुन् ।
त्यस्तै उपमेयरमा रुपन्देहीको लुम्बिनी संस्कृतिक नगरपालिकामा एमालेबाट कल्पना हरिजन र नवलपरासी (पश्चिम ) को सरावल गाउँपालिका उपाध्यक्षमा एमालेबाटै बासमति चमार निर्वाचि भएकी हुन् ।
लुम्बिनी प्रदेशभर वडाध्यक्षमा १५ जना दलित समुदायबाट निर्वाचित भएका छन् ।जस मध्ये तीन प्रम्ख दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट ५ /५ जना जना निर्वाचित भएका छन् । अघिल्लो र यसपाली देशभरको अवस्था भने यस्तो छ २०७४ सालको स्थानीय तह निर्वाचनमा दलित समुदायका ६ जना नगर प्रमुखमा विजयी भएका थिए। यसपटक घटेर जम्मा तीन जना मात्रै निर्वाचित भएका छन् ।नेकपा एमालेबाट बागलुङको ढोरपाटन नगरपालिकामा देवकुमार नेपाली, एमालेकै धनुषाको विदेह नगरपालिकामा बेचेन दास र नेकपा माओवादी केन्द्रबाट रुकुम पश्चिम चौरजाहरी नगरपालिकाको मेयरमा पुष्प बादी निर्वाचित भएका छन्।
त्यस्तै यसपाली गाउँपालिका अध्यक्षमा ८ जना निर्वाचित भएका छन् देशभरका ६ हजार ७ सय ४३ वडामध्ये दलित समुदायका १४५ जना दलित वडाध्यक्ष निर्वाचित भएका छन्।जबकी २०७४ को निर्वाचनमा १९६ दलित वडाध्यक्ष निर्वाचित भएका थिए ।
हेरौं लुम्बिनी प्रदेशमा दलित समुदायबाट निर्वाचित वडाध्यक्षको पालिकागत विवरण निर्वाचित वडाध्यक्षः नेपाली कांग्रेस १ , ऋषिदेव दास –प्रतापपुर गाउँपालिका–३, नवलवरासी ( पश्चिम ) २, जगदिश हरिचन–जानकी गाउँपालिका–६, बाँके । ३, एकबहादुर सुनार–देवदह नगरपालिका –१० , रुपन्देही । ४, कृष्णबहादुर दर्जी–रामपुर नगरपालिका–२ , पाल्पा । ५, रमेश बिक– मुसिकोट नगरपालिका–८ , गुल्मी ।निर्वाचित वडाध्यक्षःनेकपा एमाले १, हरिलाल दुसात्मा– सुस्ता गाउँपालिका–३ ,नवलपरासी ( पश्चिम ) । २ , शिविसन सिर्पाली–पुथा उत्तरगंगा गाउँपालिका –१३, रुकुम पुर्व । ३, , दुर्गा बहादुर बिसी–सितगंगा नगरपालिका–१३ अर्घाखाँची । ४ , नवराज बिक– रुरुक्षेत्र गाउँपालिका –१ , गुल्मी, ५, , कृष्ण बहादुर सार्की– धुर्कोट गाउँपालिका –६ गुल्मी ।निर्वाचित वडाध्यक्षः माओवादी केन्द्र १, गोधन प्रसाद हरिजन– पाल्हीनन्दन गाउँपालिका–३, नवलपरारी ( पश्चिम ) २ , धनिराम सुनार ,–गौमुखी गाउँपालिका–४ , प्युठान । ३, टोप बहादुर नेपाली– रोल्पा नगरपालिका –५, रोल्पा । ४, जस बहादुर श्रीपाली,– पुथा उत्तरगंगा गाउँपालिका –२ , रुकुम पुर्व । ५, विरमान कामी– पुथा उत्तरगंगा गाउँपालिका–१, रुकुम पुर्व ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

